साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्पको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन « Arthapath.com
४ कार्तिक २०७७, मंगलवार

साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्पको सदस्यमा नेपालको सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन



काठमाडौं । साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्प० को पाँचौँ वार्षिक बैठकबाट सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपालको तर्फबाट सदस्यमा निर्वाचित भएको छ ।
क्याम्पको मुख्यालय सोल, दक्षिण कोरियामा सेप्टेम्बर १४(२०, २०२० मा आयोजना भएको साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्प० को पाँचौँ वार्षिक बैठकबाट सिएसराआई सदस्यमा निर्वाचित भएको हो।


साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्प० ले आफ्नो अक्टोबर २०२० को आधिकारिक क्याम्प न्यूजलेटर नं। १९ सार्वजनिक गर्दै सिएसराआई सदस्यमा निर्वाचित भएको जानकारी दिएको हो ।


सो आधिकारिक क्याम्प न्यूजलेटरमा उल्लेख भए अनुसार सेन्टर फर साइबर सेक्यूरिटी रिसर्च एण्ड इनोभेसन नेपाललाई नयाँ सदस्यमा स्वागत गरिएको छ । यसअघि नेपालका तर्फबाट नेपाल सरकारका निकायहरु राष्ट्रिय सूचना प्रविधि केन्द्र र राष्ट्रिय अनुसन्धान विभाग मात्र सदस्य रहेका थिए ।


साइबर एलायन्स फर म्यूचल प्रोग्रेस ९ क्याम्प०को सदस्यमा हाल ४६ वटा देशहरुको ६१ वटा सरकारी, सार्वजनिक निकाय तथा मूनाफा रहित संगठित संस्थाहरु सदस्य रहेका छन् ।
उक्त पाँचौँ वार्षिक बैठकमा सिएसराआईका उपाध्यक्ष श्री मिलन राज नेपाली अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा सदस्य प्राप्तका लागि सिएसराआईको तर्फबाट नेतृत्व गर्नुभएको थियो । साथै, सिएसराआईका महासचिव ई। शालीग्राम पराजुलीले समेत विशेष प्रतिनिधित्व गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस्