वर्ल्डलिंक र आईमार्क विस्टाबाट सम्मानित « Arthapath.com
५ मंसिर २०७७, शुक्रबार

वर्ल्डलिंक र आईमार्क विस्टाबाट सम्मानित



काठमाडौं । वर्ल्ड इन्फर्मेसन टेक्नोलोजि एन्ड सर्भिसेज एलायन्सले वर्ल्डलिंक कम्युनिकेसन लिमिटेड र आईमार्क प्रा।लि। लाई विस्टा ग्लोबल आईसीटी एक्सीलेंस मेरिट अवार्ड वाट सम्मानित गरेको छ । मलेसियामा भइरहेको टेकफेस्ट लाइव एक्स रोड-टू-डब्ल्यूसीआईटी मलेशिया २०२० को दोश्रो दिन विस्टाले वर्ल्डलिंकलाई डिजिटल अपर्चुनिटीर ईन्क्लुजन अवार्ड र आईमार्कलाइ कोभिड-१९ वेस्ट ईन्ड्रस्ट्रि सोलुसनबाट सम्मानित गरेको हो ।

विगत द्दण् वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दे आएको ग्लोवल आइसिटी एक्सिलेन्स अवार्ड कार्यक्रम कोभिड-१९ महामारिका कारण यो वर्ष भर्चुवल माध्यमबाट गरिएको थियो । विश्व बैंकका सिनियर डिजिटल डेभलपमेन्ट स्पेस्लिस्ट ओलेग पेट्रोव, डिजिटल ट्रेड नेटवर्कका जेनेभा प्रतिनिधि निक एश्टन-हार्ट लगाएत सात सदस्यिय छ्नौट समितिले विश्वका विभिन्न मुलुकवाट प्राप्त सयौं आबेदनहरुवाट ४१ वटा निजि कंपनि तथा सार्बजनिक संस्थाहरुलाई अवार्डका निम्ति छनौट गरेको हो ।

नेपालको सूचना तथा संचार प्रविधिको विकास र विस्तारमा विषेश योगदान गरेबापत वर्ल्डलिंक सो पुरस्कार वाट सम्मानित भएको हो । वर्ल्डलिंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत करिब ८५५० ठाउंवाट निशुल्क वाईफाई सेवा दिंदै आएको छ भने, दैनिक करिब १ लाख ५० हजार जनाले सो सेवा लिइरहेको जनाएको छ ।

कोभिड-१९ को महामारीसंग लड्न सुचना तथा सञ्चार प्रविधिको क्षेत्रमा पुर्याएको योगदानका निम्ति आईमार्क प्रा.लि.ले सो पुरस्कारवाट सम्मानित भएको हो । आईमार्कले, पायोनियर एसोसियट्स र आईडियल कन्सर्न संगको सहकार्यमा नेपाल सरकारको निम्ति कोविद एनपि कन्ट्याक ट्रेसिन्ग मोवाईल एप्लिकेशन वनाएको थियो भने, कोभिड-१९ र यसको रोकथाम उपायहरूको बारेमा सिक्नको लागि सर्वसाधारण र स्वास्थ्यकर्मिहरुको निम्ति वेबमा आधारित प्लाट्फर्म उपलब्ध गराएको थियो ।

विश्वका विभिन्न ८० देशमा सदस्यहरु रहेको विस्टा विश्वको सूचना प्रविधिसम्बन्धी हुने समग्र आर्थिक कारोबारको ९० प्रतिशत प्रतिनिधित्व गर्छ । क्यान महासंघका निवर्तमान अध्यक्ष हेमन्त कुमार चौरासिया विस्टाको हालै सम्पन्न वार्षिक साधारणसभावाट बोर्ड अफ डाइरेक्टरमा पुनःनिर्वाचित हुनुभएको छ ।


प्रतिक्रिया दिनुहोस्