सुनको मुल्य किन बढी रहेको छ ? « Arthapath.com
२९ मंसिर २०८०, शुक्रबार

सुनको मुल्य किन बढी रहेको छ ?



काठमाडौँ । यो साता पनि विश्व बजारमा सुनको मुल्य बढेको छ । अमेरिकी रिजर्भ बैंक फेडले ब्याजदर कटौती गर्ने संकेत गरेसँगै बढेको सुनको मुल्यमा विभिन्न मुलुकमा जारी द्धन्दले थप प्रभाव पारेको बिश्लेषकहरुले बताएका छन्। उनीहरुले नयाँ बर्षमा सुनको मुल्यले रेकर्ड कायम गर्न सक्ने आँकलन समेत गरेका छन्।

नेपाली बजारमा पनि यो साता सुनको मुल्य बढ्यो । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ७ सय ४० रुपैयाँ
रहेको सुनको मुल्य साताको दोस्रो दिन सोमबार बढेर त्यसपछिमा दुई दिन केही घटेको थियो । बिहिबार वाट पुनः बढेको मुल्य
शुक्रबार १ लाख २ हजार १ सय १० कायम भयो । जुन साताको पहिलो दिनको तुलनामा अन्तिम दिन प्रति १० ग्राम १ हजार ३
सय ७० रुपैयाँले बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार १ हजार २ सय २२ रुपैयाँमा कारोबार
भएको चाँदीको मुल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार २ सय ६० रुपैयाँ कायम भयो ।


प्रतिक्रिया दिनुहोस्