काठमाडौंमा ६ वर्षपछि स्पाइस जेटको पुनरागमन, एयर इण्डियाले बैंङ्लोरबाट उडान भर्ने « Arthapath.com
२ बैशाख २०८२, मंगलवार

काठमाडौंमा ६ वर्षपछि स्पाइस जेटको पुनरागमन, एयर इण्डियाले बैंङ्लोरबाट उडान भर्ने



काठमाडाैं । भारतीय वायुसेवा स्पाइस जेट यसै महिनादेखि दिल्ली–काठमाडौं–दिल्ली उडान गर्ने भएकाे छ ।भारतको दिल्लीबाट नियमित उडानको तयारी गरेको स्पाइस जेट यही वैशाख २७ गते काठमाडौं आउने व्यवस्थापन मिलाउन लागिएको हो ।

६ वर्ष अधि नेपालमा उडान बन्द गरेकाे स्पाइस जेटले दिल्ली–काठमाडौं साप्ताहिक सात उडान गर्नका लागि तालिका स्वीकृत भएकाे नागरिक उड्यान प्राधिकरणले जनाएकाे छ ।

याे गन्तव्यमा हाल नेपाल वायुसेवा निगम, एयर इन्डिया, एयर इन्डिगाे लगायतले नियमित व्यवसायिक उडान गर्दै आएका छन् ।स्पाइस जेटकाे शुरूवातले काठमाडौं–दिल्ली उडानमा प्रतिस्प्रधा बढ्ने र हवाई भाडादर पनि सस्तिने विश्वास व्यक्त गरिएकाे छ।

यस्तै भारतकाे बैङ्लाेरबाट समेत अब एयर इण्डिया एक्सप्रेसले पनि नियमित उडान भर्ने छ । हाल नेपाल वायुसेवा निगमले मात्रै उडान गर्दै आएको यो गन्तव्यबाट एयर इण्डिया एक्सप्रेसले समर सिजनको लागि उडान तालिका स्वीकृत गराएको छ ।
यसले आगामी असार १७ बाट उडान गर्ने जनाएको छ ।

दुबै वायुसेवाले नेपाल उडानको लागि सेड्युल स्वीकृत हुनुका साथै स्लटसमेत पाइसकेको छ । एयर इण्डिया एक्सप्रेसले दिनको २ वटा र स्पाइस जेटले साताको १४ उडान गर्ने छ । हाल भारतबाट एयर इण्डियाको उडान दैनिक ७ वटा र इण्डिगो एयरले देनिक तीनवटा उडान गर्ने गरेको छ ।

गत अप्रिलदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा (बिहान ६ बजेदेखि राति १२ बजेसम्म) खुला भएसँगै अन्तर्राष्ट्रिय उडान सेवा दिन वायुेवाकाे काठमाडाैं उडानमा रूची बढेकाे हाे ।


प्रतिक्रिया दिनुहोस्