हार्ड रक क्याफे काठमाडौंले मनायो ५४औँ जन्मोत्सव, ‘छोयला बर्गर’को शुभारम्भ « Arthapath.com
१ असार २०८२, आईतबार

हार्ड रक क्याफे काठमाडौंले मनायो ५४औँ जन्मोत्सव, ‘छोयला बर्गर’को शुभारम्भ



काठमाडौं । दरबारमार्गस्थित अमेरिकन फ्रेन्चाइज हार्ड रक क्याफे काठमाडौंले ५४ औं जन्मोत्सव मनाएको छ ।

शनिवार एक कार्यक्रमका बीच क्याफेले जन्मोत्सव मनाएको हो । हाल विश्वभर १७० भन्दा बढी क्याफेहरू छन् । विश्वभर नै एकैपटक ५४ जन्मोत्सव मनाएको छ । सोही अवसर पारेर काठमाडौंस्थित दरबारमार्गमा रहेको हार्ड रक क्याफे काठमाडौँले पनि ५४ जन्मोत्सव मनाएको छ ।

हार्ड रक क्याफेले नेपाली स्वाद अनुसार छोयला बर्गर लन्चिङ सुरूवात गरेको क्याफेका महाप्रबन्धक नारायणप्रसाद सुवेदीले जानकारी दिए । उनका अनुसार हरेक क्याफेले सहरका स्थानीय स्वाद अनुसार आ–आफ्नो बर्गर लन्चिङ गर्दैछन् । काठमाडौंको हार्ड रक क्याफेले पनि छोयला बर्गर लन्चिङ तथा प्रदर्शन गरेको हो ।

छोयला बर्गर क्याफेका सेफ विप्लभ महर्जनले गरेका हुन् । गत वर्षको जन्मोत्सवमा पनि यसैगरी बर्गर लन्चिङ गरेको थियो । काठमाडौँ बर्गर लन्चिङ गरेको थियो । विश्वभर उत्कृष्ट पाचौँमा परेको थियो,’ सुवेदीले भने ,’ हामीले खानामात्र नभइ नेपालको पर्यटन क्षेत्रमा पनि योगदान गरिरहेका छौँ ।’

हार्ड रक क्याफेको सुभिनियर सप समेत रहेको छ । हार्ड रक क्याफेको काठमाडौंको सुभिनियरमा टिसर्ट,मग र ग्लास पाइने सुवेदीले जानकारी दिए । पाटनमा पनि सुभिनियर सप रहेको । ठमेलमा पनि सुभिनियर नयाँ सप खोल्ने योजना रहेको उनले जानकारी दिए ।

’हार्ड रक क्याफे पोखरा’ पनि पोखरामा सुरूवात गर्न लागेको उनले उल्लेख गरे । विकिन्डमा सांगीतिक कार्यक्रम रहने गरेको सुवेदीले बताए ।

त्यसैगरी क्याफेमा अन्तर्रराष्ट्रिय स्तर अनुसार खानाको सेवा दिइरहेको उनले जानकारी दिए । सुवेदीले शुक्रवार र शनिवार सेवाग्राहीको बढी भीडभाड रहने गरेको बताए ।

डेनमार्कको वाणिज्य दूत हरि धरेल र सेफ गोविन्द नरसिंह केसीको उपस्थिति रहेको थियो । काठमाडौँमा सन् २०२१ नोभेम्बरमा स्थापना भएको हो ।


प्रतिक्रिया दिनुहोस्