नेपालमा एक दशकमा ४० लाख रोजगारी सिर्जनाःविश्व बैंक « Arthapath.com
२६ भाद्र २०७७, शुक्रबार

नेपालमा एक दशकमा ४० लाख रोजगारी सिर्जनाःविश्व बैंक



काठमाडौं । पछिल्लो एक दशक यता नेपालमा ४० लाख नयाँ रोजगारी श्रृजना भएको विश्व बैंकले जनाएको छ । विश्व बैंकले तयार पारेको अध्ययनले नेपालमा ४० लाख नयाँ रोजगारी सृजना भएको हो ।

नेपालको ठूलो जनशक्ति कृषिबाट अन्य क्षेत्रमा आकर्षित हुँदै गएकाले रोजगारी सिर्जना हुने संख्या बढेको विश्व बैंकको अध्ययन प्रतिवेदनले देखाएको छ । तर सबैले गुणस्तरीय जागिर भने पाएका छैनन् ।

प्रदेश नम्बर ३ ले सबैभन्दा बढी रोजगारी सिर्जना गरेको छ । जसमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकामा मात्रै रोजगारी सिर्जना भएको विश्व बैंकको सो अध्ययन प्रतिवेदनले जनाएको छ । त्यसैगरी, भूकम्पपछि निर्माण क्षेत्रले गति लिएसँगै रोजगारी सिर्जना भएको विश्व बैंकले जनाएको छ । जसमा साढे ५ लाख मानिसले जागिर पाएका उल्लेख छ ।

कुल रोजगारी मध्ये सन् २००८ मा १७ प्रतिशत रहेको नियमित तलबी रोजगारी सन् २०१८ मा आइपुग्दा बढेर २४ प्रतिशतमा पुगेको छ । त्यस्तै, सन् २०१८ मा नेपालमा ३८ लाख जसमध्ये २८ लाख जनशक्ति वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए । विश्व बैंकका अनुसार वैदेशिक रोजगारीमा जानेहरु मध्ये अधिकांश पुरुष छन् । अधिकांश पुरुषहरु ३५ वर्ष मुनीका छन् भने उनीहरुले माध्यमिक तहभन्दा मुनीको शिक्षा मात्रै प्राप्त गरेको देखिएको छ ।

तर पछिल्लो समय विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण भने लाखौँ मानिसको रोजगारी गुमेको छ ।


प्रतिक्रिया दिनुहोस्