अमेरिकी राष्ट्रपतिले के भने ? पुरा भाषण पढ्नुहोस्

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार त्यहाँको संसदलाई सम्बोधन गरेका छन् । दोस्रो पल्ट राष्ट्रपति निर्वाचित भएर आएपछि संसदमा उनको यो पहिलो सम्बोधन हो ।
उनले आफूले चालेका नीतिहरु, अमेरिकी चुनाव, अर्थतन्त्र, विदेश मामिला, अन्तरराष्ट्रिय सहायता कटौति, ब्यापार युद्धदेखि आफ्नो विस्तारकारी नीतिसम्म लामो ब्याख्या गरेका छन् ।
उनले अमेरिका आफ्नो विरासतमा फर्किएको भनेका छन् । उनले ग्रीनल्याण्ड र पानामा नहरलाई आफ्नो कब्जामा लिने कुरा पुनः दोहोराएका छन् ।
अमेरिकी निजामति प्रशासनमा असक्षम कर्मचारीलाई हटाउने र पुरा प्रणाली नै बदल्ने महाअभियान सुरु गरेको भनेका छन् ।
करदाताको पैसालाई दुरुपयोग हुन नदिने र आफ्ना नागरिकको हितका लागि खर्च गर्ने प्रतिबद्धता पनि दोहोराएका छन् । सदनबाट उनले ‘अमेरिकी सपना नरोकिने’ घोषणा गरेका छन् ।
अमेरिकामा अण्डाको बढ्दो मूल्यले चर्चा पाएको छ । यही कारण ट्रम्पले अहिले अण्डाको भाउ बढ्नुमा आफू जिम्मेवार नभएको, बरु पूर्ववर्ती जो बाइडनले अण्डाको मूल्य नियन्त्रण बाहिर जान दिएको आरोप लगाए ।
अमेरिकी राष्ट्रपतिले त्यहाँको विधायिकामा दिएको भाषणमध्ये ट्रम्पको आजको भाषण सबैभन्दा लामो थियो । उनले करीब २ घण्टा संसदमा बोलेका थिए । यसलाई सञ्चारमाध्यमहरुले करीब १० हजार शब्दमा उतारेका छन् । हामीले उक्त भषणको मूल स्वरुप अंग्रेजी भाषामा र त्यसको संक्षिप्त भावानुवाद नेपाली भाषामा पस्किएका छौँ ।
ट्रम्पको भाषण :
ज्यादै लामो भएका कारण यस भाषणको अनुवाद गर्न एआईको सहायता लिइएको थियो । ट्रम्पको पुरा भाषण पढ्न तलको अंग्रेजी फाइलमा जान सक्नुहुन्छ ।