चौधरी ग्रुपको ‘होटल चितवन’ ले बढायो व्यापार, यस्तो छ कारोबारको आँकडा « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

चौधरी ग्रुपको ‘होटल चितवन’ ले बढायो व्यापार, यस्तो छ कारोबारको आँकडा



काठमाडौं । होटल चितवन प्रालिको व्यापार बढ्दो छ । चौधरी ग्रुपको उक्त होटलले एक वर्षमा व्यापार दोहोरो अंकले बढाएको छ ।

होटेलले सन् २०२३ मा १२ करोड ८४ लाख रुपैयाँ बराबर व्यापार गरेको छ । जुन अघिल्लो वर्ष २०२२ को तुलनामा १२.३३ प्रतिशत बढी हो । सन् २०२२ मा ११ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । होटलले चार वर्षको अवधिमा कुल ८२ करोड ९४ लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ।

होटेलले सन् २०२१ मा ९ करोड ७७ लाख र सन् २०२० मा ७ करोड ४३ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२४ को ७ महिनामा कम्पनीले ६ करोड १२ लाख रुपैयाँ बराबरको व्यापार गरेको छ।

कम्पनीले व्यवसायिक कम्प्लेक्ससँगै तीनतारे होटल सञ्चालन गर्दै आएको छ । कम्पनीले १९८० मा स्थापना भएको हो । होटलमा ४८ वटा कोठाको सुविधा तथा १ लाख ८० हजार स्क्वायरफिट क्षेत्रफलमा ७० वटा रिटेल स्टोरको मल्टिप्लेक्सको सुविधा दिँदै आएको छ ।

कम्पनीले ‘द इन्डियन’सँग फ्रेन्चाइज सम्झौता गरेको छ । होटल्स कम्पनी लिमिटेड, जनवरी २०२४ मा भारतको मुम्बईमा दर्ता भएको होटेल चेन हो । उक्त सम्झौता अन्तर्गत ‘भिभान्टा’ ब्राण्ड र कम्पनीले ‘फर्न रेसिडेन्सी’ को ब्रान्ड नाम बन्द गरेको छ । द मल ’सीजी ल्यान्डमार्क’ ब्रान्ड नाम अन्तर्गत छ ।

कम्पनीमा निर्वाण चौधरीको सबैभन्दा धेरै हिस्सा छ । कम्पनीमा चौधरीको ५३.३ प्रतिशत हिस्सा छ । यस्तै, सारिका चौधरीको ६.५ प्रतिशत र एमएस एप्पालो क्यापिटल इन्भेष्टमेन्टको ४०.२ प्रतिशत हिस्सा रहेको छ । कम्पनीले अल्पकालीन तथा दीर्घकालीन कर्जाका लागि १ अर्ब २६ करोड २९ लाख रुपैयाँको रेटिङ गराएको छ ।


प्रतिक्रिया दिनुहोस्