५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै पिपुल्स पावर, पारित गर्न डाक्यो साधारण सभा « Arthapath.com
२२ चैत्र २०८०, बिहीबार

५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्दै पिपुल्स पावर, पारित गर्न डाक्यो साधारण सभा



काठमाडौं । पिपुल्स पावरले वार्षिक साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशनको प्रस्ताव पारित गर्न आगामी वैशाख १७ गते साधारण सभा बोलाएको हो ।

कम्पनीले एकै पटक छैठौँ र सातौँ वार्षिक साधारण सभा गर्न लागेको हो । सभामा हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्तात पारित हुने छ । कम्पनीले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

सभाले हकप्रद निष्कासनसँग सम्बन्धित कार्य गर्न र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने छ । यसका साथै संस्थागत सुसाशन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्नेछ ।

सभामा संस्थापक समूहको तर्फबाट १ जना महिलासहित ५ जना र सर्वसाधारण समूहबाट १ जना सञ्चालक निर्वाचन गर्ने, १ जना स्वतन्त्र सञ्चालक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ । सभा प्रयोजनका लागि कम्पनीले चैत २९ गते बुकक्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्