सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सानिमा माई हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
सोमबारको अन्तिम कारोबार मूल्य ५३७ रुपैयाँलाई आधार मानेर यसको भाउ समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ४८८.१८ रुपैयाँ कायम भएको छ ।
अब मंगलबार सोही भाउलाई आधार मानेर यसको कारोबार खुला हुनेछ ।













