१० श्रावण २०८३, आइतबार

सुन तोलामा ६ सय रुपैयाँले घट्यो, चाँदी कति ?



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारको दिन भने छापावाला सुनको मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, सोमबार प्रतितोला १ हजार २९० रुपैयाँमा कारोबार भइरहेको चाँदी मंगलबार भने तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्