सुनको मूल्य आज फेरि उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । सुनको मूल्य आज फेरि उकालो लागेको छ । सुन अघिल्लो दिनको तुलनामा तोलामा ८ सय रुपैयाँले बढेको छ ।
सुन प्रतितोला ९६ हजार एकसय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार सुन तोलामा ३ सय रुपैयाँले घटेर कारोबार मूल्य प्रतितोला ९५ हजार ३ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य प्रतितोला १ हजार एकसय १० रुपैयाँमा स्थिर छ ।













