१० प्रतिशत लाभांश पारितका लागि माउन्टेन इनर्जी नेपालको साधारण सभा पुस ८ गते बस्दैं
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले नवौं वार्षिक साधारण सभा पुस ८ गतेका लागि बोलाएको छ । सभा अम्रपाली ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षको मुनाफबाट आफ्ना शेयरधनीहरुलाई १० दशमलव ५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, संस्थापक शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव पनि सभाको कार्य सूचीमा समावेश रहेको छ ।
साधारण सभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर २७ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन् ।














