७ श्रावण २०८३, बिहिबार

नेपाल हाइड्रो डेभलोपरद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीको मंसिर ११ गते आइतबार बसेको संचालक समितिको बैठकले ५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश दिने भएको हो ।

उक्त प्रस्तावित लाभांश विद्युत नियमनबाट स्वीकृत भई कम्प्नीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्