७ श्रावण २०८३, बिहिबार

तेह्रथुम पावरको साधारण सभा पुस १० गते, के के छन् एजेण्डा



काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले पाँचौ वार्षिक साधारण सभा पुस १० गतेका लागि बोलाएको छ । सभा होटल हार्दिक बागबजार, काठमाडौंमा ११ः३० बजे बस्ने गरी आव्हान गरेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै संचालक समितिको निर्वाचनका लागि निर्वाचन अधिकृतको चयन सम्बन्धी प्रस्ताव पनि पारित गर्ने समेत सभाको कार्य सूची रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि मंसिर २५ गतेदेखि पुस १० गतेसम्म बुक क्लोज गर्ने भएको हुदाँ पुस २१ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्