आइपीओ निष्कासनको तयारिमा रहेको सानिमा मिडिल तमोर हाइड्रोपावरको साधारण सभा कहिले ?
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले ७औं वार्षिक साधारण सभा पुस १४ गतेका लागि बोलाएको छ । सभा अकामा होटेल का.न.पा ४ धुम्बाराहीमा विहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले कम्पनीको उद्धेष्य परिमार्जन,पूँजीगत संरचना र सञ्चालक समितिको संरचना परिवर्तन गर्नका लागि कम्पनीको प्रबन्धपत्रको नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै गत आर्थिक वर्षकोे वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।













