मकर जितुमाया सुरि हाइड्रोपावरको साधारण सभा पुस १३ गते, के के छन् एजेण्डा
काठमाडौं । मकर जितुमाया सुरि हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा पुस १३ मा हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको छ ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७८।८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यसैगरी सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक समितिको गठन सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ । साथै कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिइसकेको छ ।













