१५ प्रतिशत लाभांश पारितका लागि बोलायो चिलिमे जलविद्युतले साधारण सभा
काठमाडौं । चिलिमे जलविद्युत कम्पनीले २६औं वार्षिक साधारण सभा पुस २२ गते गर्ने भएको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ११ गते बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्षका मुनाफाबाट कम्पनीले घोषणा गरेको ७.५ प्रतिशत बोनस र ७.५ प्रतिशत नगद (कर प्रयोजन) का लागि वितरण गर्ने प्रस्ताव पारित गर्ने छ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले साधारण सभा प्रयोजनको लागि पुस ३ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २९ गतेसम्मम कायम शेयरधनीहरुले मात्र सभा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।













