७ श्रावण २०८३, बिहिबार

पाँचथर पावरको साधारण सभा पुस १८ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले सातौं वार्षिक साधारण सभा पुस १८ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २४ गते बसेको संचालक समितिको बैठकले सभा होटल इम्पेरियल बत्तिसपुतली काठमाडौमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडले पुस १८ गते सातौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा वहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ७ गते बुक क्लोज गर्ने भएको हुदाँ पुस ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्