१०.५२ प्रतिशत लाभांश छुट्ला नि ! सुरक्षित गर्ने भोलि अन्तिम मौका
काठमाडौं । माउन्टेन इनर्जी नेपालको लाभांश सुरक्षित गर्ने सोमबार (मंसिर २७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनका लागि मंसिर २७ गते बुक क्लोज गर्ने भएको हुदाँ मंसिर २६ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्ने सक्नेछन् ।
बैंकले आर्थिक वर्ष २०७८।०७९ को नाफाबाट १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् । प्रस्ताव पारितका लागि बैंकले पुस ८ गते साधारण सभा बोलाएको छ ।
पुस ८ गतेका लागि सभा बोलाएको छ ।
सभा अम्रपालि ब्याक्वेट भाटभटेनी काठमाडौंमा बिहान १० बजे शुरु हुनेछ ।













