७ श्रावण २०८३, बिहिबार

युनाईटेड इदी मर्दिको साधारण सभा आज, लाभांश पारित मुख्य एजेण्डा



काठमाडौं । युनाईटेड इदी मर्दि एण्ड आर बि हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज (मंसिर २८ गते) बस्दैछ । सभा आभ्या क्लब घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश कर प्रयोजका लागि सहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजन र लाभांश प्रयोजनका लागि कम्पनीले मंसिर १६ गते एक दिनका लागि बुकक्लोज गरेको हुदाँ मंसिर १५ गतेसम्म कायम शेयरधनीहरुले मात्र प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्