७ श्रावण २०८३, बिहिबार

बिन्ध्यबासिनी हाइड्रोपावरले शेयरधनीहरुलाई गर्यो लाभांश प्रस्ताव, बुक क्लोज कहिले ?



काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५.०२६ प्रतिशत लाभांश दिने भएको हो ।

जसमा ०.०२६ प्रतिशत नगद र ५ प्रतिशत बोनस शेयर दिन लागेको छ । उक्त प्रस्ताव पारितका लागि कम्पनीले वार्षिक साधारण सभा कम्पनीको कार्यालय परिसर, नयाँ बानेश्वरमा भौतिक तथा भर्चुअल माध्यमबाट बिहान १० बजे सुरु हुनेछ ।

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

त्यस्तै,कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने कार्य सूची समेत सभाको रहेको छ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १३ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ पुस १२ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्