मैलुङ खोला जलविद्युतको साधारण सभा पुष २६ गते, शेयरधनीको हात भने रित्तो
काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण पुष २६ गतेका लागि बोलाएको छ । सभा लैनचौर ब्याक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश भने दिएको छै । यस वर्ष कम्पनीका शेयरधनीको हात रित्तो हुने भएको हो ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष १७ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १६ गतेसम्म कायम रहने शेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।













