इमर्जिङ नेपालका शेयरधनीको हात खाली, साधारण सभा कहिले ?
काठमाडौं । इमर्जिङ नेपाल लिमिटेडले वार्षिक साधारण सभा पुष २८ गतेका लागि बोलाएको छ । सभा बानेश्वर थापागाँउ नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
सभाले आर्थिक वर्ष २०७८।०७९ को संचालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गरि पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
सभा प्रयोजनका लागि कम्पनीले पुष १३ गते बुक क्लोज गर्ने भएको हुदाँ पुष १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।













