७ श्रावण २०८३, बिहिबार

माउन्टेन हाइड्रो नेपालको शेयर कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्जले माउन्टेन हाइड्रो नेपाल लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । नेप्सेले बिहीवार कम्पनीले धितोपत्र मूल्यमा प्रभाव पार्ने गरी सूचना सार्वजनिक गरेको भन्दै शेयर कारोबार रोक्का गरेको हो ।

कम्पनीले बिहीवार सातौं वार्षिक साधारण सभाको सूचना सार्वजनिक गरेको थियो । पुस ४ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष ०७८र७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरण पारित गर्न वार्षिक साधारण सभाको मिति तय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्