७ प्रतिशत लाभांश पारितसहित पाँचथर पावरको साधारण सभा आज बस्दैं
काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको १७औं वार्षिक साधारण सभा आज (पुष १८ गते) का लागि बोलाएको छ । कम्पनीको मंसिर २४ गतेको सञ्चालक समितिको बैठकले होटल इम्पेरियल बत्तीसपुतली, काठमाडौंमा विहान ११ बजे सभा बस्ने गरी बोलाएको हो ।
सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्तापूँजीको ७ प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि० वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्ने छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुष ७ गते बुक क्लोज गरेको हुदाँ पुष ६ गतेसम्म कायम शेयरधनीहरूले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।













