११ मंसिर २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो : एकैदिन तोलामा ३ हजार ३ सयले बढ्यो सुन, चाँदीको कति ?



काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ हजार ३ सय रुपैयाँले महँगिएको हो।

बिहीबार प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यस्तै, आज चाँदीको भाउ पनि प्रतितोला १ सय २० रुपैयाँले वृद्धि भएको छ। बिहीबार ३ हजार ७५ रुपैयाँमा किनबेच भएको चाँदी आज ३ हजार १ सय ९५ रुपैयाँ निर्धारण गरिएको छ।