सुन तोलामा २ सय रुपैयाँले घट्यो « Arthapath.com
११ जेष्ठ २०८२, आईतबार

सुन तोलामा २ सय रुपैयाँले घट्यो



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा २ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला ९८ हजार ७ सय रुपैयाँ कायम गरिएको थियो ।

त्यस्तै, अघिल्लो कारोबारको दिन प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भइरहेको चाँदी आइतबार भने तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्