आज सुनको मुल्य ८०० ले वृद्धि, कतिमा हुँदैछ कारोबार…

काठमाडौं । आज सुनको मुल्य तोलामा ८०० रुपैयाँले बढेको छ ।
शुक्रबार छापावाल सुन प्रतितोला ८०० रुपैयाँले बढेर ९५ हजार ६०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९५ हजार १०० रुपैयाँ निर्धारण भएको छ ।
यता, चाँदीको मुल्य प्रतितोला ३५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला १ हजार १८५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर १ हजार २२० रुपैयाँ पुगेको हो ।