सुन तोलामा ७ सय रुपैयाँले ओरालो, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुुन तोलामा ७ सय रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यस्तै, आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले ओरालो लागेर १२ सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ