भारतमा रहेका नेपालीले युपिआईमार्फत सन्राइज बैंकको खातामा रकम पठाउन सक्ने
काठमाडौं । सनराइज् बैंकले आफ्नो सेवा सुविधा विस्तार गर्ने क्रममा, युनीफाईड पेमेन्ट इन्टरफेस नेपालसगँ अन्तरआबद्धता रहेको गेट वे पेमेन्ट सर्भिस प्रा.लि. संग सहमति गरेको छ ।आज सन्राइज बैंकको केन्द्रिय कार्यालय गैरीधारामा आयोजित एक समारोहबीच सन्राइज बैंकका नायब महाप्रबन्धक रबिन नेपाल तथा गेट वे पेमेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेश प्रसाद मानन्धरले सहमतिपत्र आदान प्रदान गरेका हुन् ।
सुरक्षित र सजिलो राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कारोबार गर्न मिल्ने युपिआई नेपाल प्रणाली सञ्चालनमा ल्याउन यो सहकार्यले सहयोग पुर्याउछ । यो सेवा सुरु भए पश्चात प्रथम चरणमा भारतमा रहेका नेपालीले युपिआईमार्फत सन्राइज बैंकमा रहेको बैंकखातामा सोझै रकमान्तर गर्न एवं भारतिय पर्यटकले सन्राइज बैंकका मर्चेन्टहरुमा भारतिय बैंककै एप मार्फत क्यु आर कोड स्क्यान गरी रकम भुक्तानी गर्न सक्नेछन् ।
यस सेवाले भारतबाट प्राप्त हुने बिप्रेषण सेवा लाई अझ प्रभावकारी बनाउन मदत गर्ने विश्वास बैंकले लिएको छ ।
सबै क्षेत्र र वर्ग सम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउदै कार्ड पेमेन्ट क्षेत्रमा अग्रणी बैंकको रुपमा अगाडीबढी रहेको यस बैंकले २५,००० भन्दा बढी मर्चेन्ट नेटवर्क १५९ एटिएम , १३९ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर, ९५ वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आएको छ ।













