त्रिशूली जलविद्युत् शेयर वापतको बाँकी रकम भुक्तानीका आग्रह
काठमाडौं । त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले शेयर वापतको बाँकी रकम भुक्तानीका लागि कम्पनीले पुनः आग्रह गरेको छ ।
कम्पनीले २०७५ साल चैतमा विक्री गरेको शेयर वापतको बाँकी रकम गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म चुक्ता गरेको थियो । सो अवधिमा पूर्ण रुपमा चुक्ता हुन नसकेको रकम कम्पनीले चुक्ता गर्न लागेको हो ।
मंसिर १८ गतेदेखि सो अवधिमा खरीद गरेको शेयर वापतको रकम आगामी चैत १७ गतेसम्म भुक्तानी गर्न कम्पनीले आग्रह गरेको हो ।
यस अवधिमा समेत बाँकी रकम नबुझाउने शेयरधनीहरुको बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी भएको रकम र सो रकममा कम्पनीले प्रदान गरेको रकमले खामेजति संख्याको शेयर कायम गरी बाँकी शेयर जफत गरिने जानकारी कम्पनीले दिएको छ ।













