अपर हेवाखोला हाइड्रोपावरको साधारण सभा पुष २१ गते, शेयरधनीको हात भने रित्तो
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले ११औं वार्षिक साधारण सभा पुष २१ गतेका लागि बोलाएको छ । सभा युनियन हाउस अनामनगर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाइ कुनै पनि लाभांश दिएको छ । कम्पनीको सभाले गत आर्थक वर्ष २०७८।०७९ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ ।
उक्त सभाले ४ जना शेयरधनी संस्थापकबाट र २ जना संचालक सर्वसाधरणबाट नियुक्त गर्ने कार्यसूची समेत रहेको छ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस ४ गतेदेखि २१ गतेसम्म बुक क्जोज गर्ने भएको हुदाँ पुस ३ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।













