सयपत्रि हाइड्रोपावरका शेयरधनीको हात रित्तो, साधारण सभा कहिले ?
काठमाडौं । सयपत्रि हाइड्रोपावर लिमिटेडले छैठौं वार्षिक साधारण सभा पुष २३ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर २८ गते बसेको संचालक समितिको बैठकले सभा सूर्य क्याटरिङ एण्ड पार्टी प्यालेस धुम्बाराही काठमाडौंमा बिहान ८.३० बस्ने गरी आव्हान गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुनै पनि लाभांश प्रस्ताव गरेको छैन ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०७९।०८० का लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ । साथै सभाले सर्वसाधारण शेयरधनीहरूको तर्फबाट दुई जना संचालक निर्वाचित गर्ने प्रस्ताव पनि छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ११ गते एक दिन बुक क्लोज पुस ७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।













