प्रेम दिबसमा २ करोड ८० लाख सम्मको गुलाब फुलको कारोबार

काठमाडौं । यस वर्षको प्रेम दिबसमा २ करोड ८० लाखको सम्मको गुलाब फुलको व्यवसायीक कारोबार हुने अनुमान गरिएको छ ।
नेपाल भरिको अनुमानित बजार माग एक हप्ताको अवधिमा करिब २ लाख ८० हजार स्टिम गुलाब फुलको कारोबार हुने भएको छ भने काठमाडौंमा मात्र करिब १ लाख ६८ हजार स्टिम गुलाब खपत हुने र बाँकी १ लाख १२ हजार स्टिम गुलाब बाहिरी जिल्लाहरुमा खपत हुने भएको छ।
साथै,बजार मागको ७ प्रतिशत आन्तरिक उत्पादनबाट र ९३ प्रतिशत आयात गरी माग पुरा गर्ने भएको छ।
करिब २ लाख ६० हजार स्टिम गुलाबको आयात हुने र आन्तरिक आपुर्ति २० हजार स्टिम मात्र रहेको छ । फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोक्त मुल्य रु. ८० देखि १२० को हाराहारीमा हुने भएको छ।
कोभिड–१९ को कारण स्थानिय उत्पादन घटेको थियो। गत बर्ष करिब २,०७,००० स्टिम गुलाबको कारोबार भएको थियो। प्रति स्टिम मुल्य रु ८० देखि १०० को हाराहारीमा कारोबार भएको थियो।नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन १०,००० स्टिम गुलाब फूलको माग रहने गरेको थियो भने कोभिड –१९ हुनु पुर्व बजार मागको ८० प्रतिशत आन्तरिक उत्पादनबाट र बाँकी २० प्रतिशत मात्र अन्य देशहरुबाट आयात हुने गरेको थियो।
तर २०७६ फागुन पछि कोभिड–१९ महामारीका कारण नेपाली कट फ्लावरको बजारिकरणमा समस्य आएकोले आन्तरिक उत्पादनमा ७५% ले कमी आएको छ ।
नेपालमा गुलाव फूलको व्यवसायीक खेती हुने जिल्लाहरुमा मुख्य गरी काठमाण्डौ भ्याली भित्रको तिन जिल्लाहरुका साथै चीतवन, काभ्रेपलाञ्चोक रहेको छ भने अन्य जिल्लाहरुमा पनि गुलाब फूलको व्यवसायीक खेती बिस्तार हुने क्रममा रहेको छ ।