काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको बैठक सुरु भएको छ । बैठक अर्थमन्त्रालयमा सुरु भएको हो । बैठकमा सिफारिस समितिका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे छन् । बैठकमा गभर्नर छनोटका लागि आवश्यक प्रक्रिया लगायतका बारेमा छलफल हुनेछ ।