अर्थ पथ « Arthapath.com
२५ असार २०८३, बिहिबार

Author: अर्थ पथ

गभर्नर सिफारिस समितिको बैठक बस्दै, सम्भावित उम्मेदवारबारे छलफल हुने अपेक्षा

काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक बोलाइएको छ । गभर्नर नियुक्ति प्रक्रिया अघि बढाउने तयारी स्वरूप समितिका संयोजक अर्थमन्त्री विष्णु पौडेलले बैठक आह्वान गरेका हुन् । बैठक आजै दिउँसो ४ बजे बस्ने तयारी छ । सिफारिस समितिमा पूर्व गभर्नर महाप्रसाद अधिकारी र अर्थशास्त्री डा. पोषराज पाण्डे पनि सदस्यको रूपमा छन्।