२ कार्तिक २०८३, सोमबार

Author: अर्थ पथ

निष्क्रिय कर्जामा सुधार आएपछि लघुवित्त क्षेत्रको नाफामा उछाल

काठमाडौँ। विगत केही वर्षयता नेपालको लघुवित्त क्षेत्र चौतर्फी संकटबाट गुज्रिरहेको थियो। एकातिर समग्र आर्थिक मन्दीका कारण साना उद्यमी तथा ग्रामीण ऋणीको आम्दानी घटेर भुक्तानी क्षमतामा ठूलो धक्का पुगेको थियो भने अर्कोतिर लघुवित्त विरुद्ध भएका आन्दोलन र कर्जा नतिर्ने अभियानले असुली प्रक्रिया नराम्ररी प्रभावित गरेको थियो। उच्च खराब कर्जा र त्यसबापत