काठमाडौँ । तनहुँको देवघाट, जहाँ सेती र त्रिशूलीको संगमले एउटा धार्मिक र शान्त परिचय बनाएको छ। त्यही शान्त किनारमा अहिले मेसिनका आवाजहरू गुञ्जन थालेका छन्। देवघाट गाउँपालिका-४ मा १२६ मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ खन्ने काम सुरु भएसँगै स्थानीयमा एउटा नयाँ आशा र कौतुहलता पलाएको छ। यो