काठमाडौं । बजाज अटोले नेपालमा आफ्नो इलेक्ट्रिक स्कुटर ‘चेतक’को नयाँ मोडल विस्तार गरेको छ। कम्पनीले चेतक सिरिजअन्तर्गत सी२५०१ र सी३५०३ गरी दुई नयाँ इलेक्ट्रिक स्कुटर सार्वजनिक गरेको हो। नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीसँगको सहकार्यमा ल्याइएका दुवै मोडल नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको हो।