काठमाडौं । एक महिनामै वैदेशिक रोजगार बीमा मार्फत कम्पनीहरुले साढे २४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो (साउन) महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा वैदेशिक रोजगार बीमा मार्फत २४ करोड ७२ लाख ४१ हजार रुपैयाँ बीमा