काठमाडौं । वाणिज्य बैंकहरुले असार महिनामा लागि सार्वजनिक गरेको ब्याजदर आजदेखि कायम भएको छ । बैंकहरुले निक्षेपको ब्याजदर तीन महिनादेखि नै यथावत राखेका छन् । गत मंगलबार बसेको नेपाल बैंकर्स संघको बैठकले बैंकहरुको निक्षेपको ब्याजदर यथावत राखेका हुन् । सो बैठकले जेठ महिनाकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेको हो ।