काठमाडौं । देउराली सहकारीले रकम फिर्ता पाउन बाँकी बचतकर्ताहरुलाई सम्पर्कमा आउन आव्हान गरेको छ । ०७९ साल असारबाट समस्यामा परेको देउराली बहुउदेश्यिय सहकारी संस्थाले ललितपुर सातदोबाटोमा रहेको केन्द्रिय कार्यालय, भक्तपुर सुर्यविनायक र न्युरोड काठमाण्डौमा रहेको सेवा काउन्टरका बचतकर्ताहरु, संचालक समिति र कर्मचारीहरुलाई लक्षित गरी सम्पर्कमा आउन आग्रह गरेको हो ।