काठमाडौं । दक्षिण अफ्रिकामा पहिलोपटक भेटिएको नयाँ भेरियन्टको नाम विश्व स्वास्थ्य संगठनले ओमिक्रोन राखेको छ । यो ग्रिक अल्फाबेट हो । ९ नोभेम्बरमा लिइएको नमुना परीक्षणबाट २४ नोभेम्बरमा यो भेरियन्टको पुष्टि भएको हो । यसको वैज्ञानिक नाम बी.१.१.५२९ रहेको छ । यसको अर्थ यो भेरियन्ट बी.१ भेरियन्टबाट आएको भन्ने हुन्छ