३ कार्तिक २०८३, मंगलबार

Author: अर्थ पथ

प्रधानमन्त्री बालेनको सम्पती: १ करोड ४६ लाख नगद, १९० तोला गहना

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्दै बैंकमा १ करोड ४६ लाख रुपैयाँ मौज्दात रहेको जानकारी दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरण अनुसार शाहको यो आम्दानीको मुख्य स्रोत फेसबुक, युट्युब, टिकटक, स्पोटिफाइ र आइट्युन्स जस्ता सामाजिक सञ्जालहरू रहेका छन् ।