१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

विद्युत् महसुलमा भ्याट हटाउन एफएनसीसीआईको माग, उद्योग-व्यवसायको लागतमा दबाब परेको गुनासो

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले चालू आर्थिक वर्षदेखि विद्युत् महसुलमा लागू गरिएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन सरकारसँग माग गरेको छ। विद्युत्मा थपिएको करका कारण उद्योग तथा व्यवसायको लागत बढेको भन्दै महासंघले उक्त व्यवस्था पुनरावलोकन गर्न आग्रह गरेको हो। महासंघका अनुसार विद्युत् औद्योगिक उत्पादन, व्यापार र पर्यटन क्षेत्रका लागि अत्यावश्यक