काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ। शनिबार राति महाराजगञ्जस्थित आफ्नै निवासबाट पक्राउ गरिएका जबरालाई केही समयअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले बताएका छन्। यसअघि कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई असुरक्षाका कारण सुरक्षित स्थानमा राखिएको जानकारी दिएका थिए। यद्यपि, उक्त सुरक्षित स्थानबारे प्रहरीले