काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेको छ । सबैभन्दा कान्छो कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सको बोनस रु ५० देखी ५१ सम्म सार्वजनिक भएको छ ।महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आव २०७५/०७६ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्किय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेको छ ।