काठमाडौं । भिजिट भिसासम्बन्धी विवाद बढेपछि अध्यागमन विभागले हालसम्म लागू रहेका सबै प्रावधान र मापदण्ड खारेज गरी नयाँ नियम लागू गरेको छ । गृह मन्त्रालयको कार्तिक १३ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार पुराना ६ बुँदे मापदण्डसहितका सबै निर्देशिका र व्यवस्था रद्द गरिएको विभागले जनाएको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत विभागले नयाँ