काठमाडौँ । आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरिने महापर्व ‘महाशिवरात्रि’ आज देशभर हर्षोल्लासका साथ मनाइँदैछ। फागुन कृष्ण चतुर्दशीको विशेष साइतमा मनाइने यस पर्वका अवसरमा आज बिहानैदेखि काठमाडौँको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको अभूतपूर्व घुइँचो लागेको छ। भगवान् पशुपतिनाथको आँगन आज ‘बम बम भोले’ को जयघोषले गुञ्जायमान भएको छ। वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले