काठमाडौं । फिलिपिन्समा मंगलबार राति ६.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा २२ जनाको ज्यान गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार करिब राति १० बजे सेबु प्रान्तको बोगो सहर नजिकै पालोम्पोन क्षेत्रमा केन्द्रविन्दु भएर गएको भूकम्पले कैयौँ भवन भत्किएका छन्। भूकम्प मंगलबार राति ९ः५० बजे, करिब ९० हजार मानिस बसोबास गर्ने