१ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

द्वन्द्वबीच इरान र यूएईले मिलाए कूटनीतिक हात, युद्धमा संयमता अपनाउन आह्वान

काठमाडाैं । इरान र संयुक्त अरब इमिरेट्स (यूएई) ले मध्यपूर्वमा जारी युद्धका विषयमा संयमता अपनाउन आह्वान गर्दै ब्रिक्स समूहले जारी गरेको संयुक्त वक्तव्यमा समर्थन जनाएका छन्। युद्धका कारण लामो समयदेखि फरक धारमा रहेका इरान र यूएई एउटै वक्तव्यमा सहमत हुनु दुई देशबीच कूटनीतिक संवाद अघि बढेको संकेतका रूपमा हेरिएको छ।